दफा १६
क्याम्पसहरुको सञ्चालन

(१) विश्वविद्यालयले उच्च शिक्षा प्रदान गर्न राष्ट्रिय शिक्षा नीति अनुरुप विभिन्न विषयका क्याम्पसहरुको स्थापना तथा सञ्चालन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम विश्वविद्यालयबाट स्थापना तथा सञ्चालन गरिने क्याम्पस सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।